४० वर्षपछि क्युबामा प्रधानमन्त्री

२०७६ पुष ६, आईतवार ११:२२

काठमाडौँ — कम्युनिस्ट शासित मुलुक क्युबामा ४० वर्षपछि पहिलो पटक प्रधानमन्त्री नियुक्त गरिएको छ । त्यहाँका राष्ट्रपति माइगल डीयाज केनिलले पर्यटनमन्त्री म्यानुअल मरेरो क्रुजलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

अघिल्लो वर्ष प्रधानमन्त्री पदलाई नयाँ संविधान अनुसारको कानुन निर्माण गरेर पुनःस्थापना गरिएको हो ।प्रधानमन्त्रीमा नियुक्त भएका ५६ वर्षीय मरेरोले हालका राष्ट्रपतिमा निहित केही कार्यकारी अधिकार पाउने सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिइने बताइए पनि क्युबामा क्युबियन कम्युनिस्ट पार्टी र त्यहाँको सेनाले नै मुख्य कार्यकारी भूमिका निर्वाह गर्नेअन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोले १९५९ मा क्युबाको सत्तामा आएपछिउनले आफूलाई प्रधानमन्त्री घोषणा गरेका थिए । सन् १९७६ कम्युनिस्ट पार्टीको अध्यक्ष र मुलुकको प्रमुख भएपछि क्यास्ट्रोले प्रधानमन्त्री पद हटाएका थिए ।

सम्बन्धित समाचार