काठमाडौँ– बसको ठक्करबाट घाइते पशुपति क्याम्पसमा अध्ययनरत छात्राको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार बिहान मध्यपुर ठिमी चल्ने बा ४ ख ५९२० नम्बर बसले २१ वर्षीया सृष्टि पन्तलाई सुकेधारमा ठक्कर दिएको थियो।
गोरखा घर भएकी पन्तको उपचारका क्रममा चाहबहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो । पैदल हिँडिरहेका बेला उनलाई बसले ठक्कर दिएको थियो ।
ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरुले गाडीमा आगजनी गरेका छन्। ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रोशित विद्यार्थीले मित्रपार्कस्थित पशुपति क्याम्पस अगाडि प्रदर्शन गरेका थिए।
ठक्कर दिने गाडीका चालक र आगजनीमा संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । बसमा लगाएको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो।