७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तमू ल्होछारको तयारी पूरा, यस्तो छ कार्यक्रम



काठमाडौं । गुरुङ जातिले तमू ल्होछार अर्थात पुष १५ धुमधामका साथ मनाउने तयारी गरेको छ । तमू ल्होछार मूल आयोजक समितिले तयारी पूरा भएको जनाएको छ ।

समितिका महासचिव लोकबहादुर गुरुङले यस वर्षको ल्होछार काठमाडौंको टुँडिखेलमा पुस १३ देखि १५ गतेसम्म भव्यरुपमा मनाउन लागेको बताए । ‘तमू जातिको राष्ट्रि«य पर्व तमू ल्होछार च्यु ल्हो (मूसा वर्ग) २०७६ को आह्वान‚ अस्तिव्त र मौलिक पहिचानका लागि तमूवानको अभियान’ भन्ने मुल नाराको साथ मनाउन लागिएको पनि उनले बताए ।

तमू जातिले हरेक वर्ष पुस १५ गते नयाँ वर्षका रुपमा ल्होछार मनाउने गर्दछ । टुँडिखेलमा हुने ल्होछार कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने पनि महासचिव गुरुङले जानकारी दिए ।

विगतको वर्ष जस्तै यसवर्ष पनि टुँडिखेलमा हजारौं तमु लगायत अन्य जातिको पनि उपस्थितिमा धुमधामका साथ ल्होछार मनाउने तयारी गरिरहेकोसमितिका संयोजक श्रीप्रसाद गुरुङले जानकारी दिए ।

यस्तै तमू ह्युला छोज धीँ गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले अघिल्लो सरकारले दिंदै आएको तमू ल्होछारको विदा कटौती गरेको कारणले गर्दा विदाको माग गर्दै आन्दोलनकै रुपमा ल्होछार मनाउने बताए ।

टुँडिखेलमा हुने तमू ल्होछारको कार्यतालिकाः
खुल्ला लोकदोहोरी कार्यक्रमः  पौष १३, १४ र १५ गते
खेलकुद कार्यक्रमः  पौष १४ गते
फो ल्होको विदाई तथा च्यु ल्होको स्वागतसँगै पुरोहितबाट ग्रह शान्ति: पौष १४ गते राति १२ बजेसम्म
झाँकी र्‍याली: पौष १५ गते विहान ९ बजे बसन्तपुरबाट सुरु भई टुँडिखेलस्थित कार्यक्रमस्थल प्रवेश
समुद्घाटन समारोह: पौष १५ को दिनको १२ बजे
नृत्य प्रतियोगिताः पौष १५ गते दिनको ३ बजे

 

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  १ : ४३ बजे