११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

मुख्य सहरमा भाडामा बस्नेको विवरण प्रहरीले अनिवार्य राख्नुपर्ने



काठमाडौं– गृह मन्त्रालयले घरभाडामा बस्न आउने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य सहरी क्षेत्रहरूमा घरभाडामा दिने र लिने दुवैको विवरण प्रहरीलाई दिनुपर्ने छ । अब घर भाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण र छाडेको विवरण पनि प्रहरी कार्यालयमा अनिवार्य बुझाउनुपर्ने भएको हो ।

गृह मन्त्रालयमा बसेको बैठकले घर भाडामा लिएर विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधि, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता अपराध बढेको भन्दै प्रहरीलाई विवरण बुझाउनुपर्ने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापासहित गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

स्थानीय प्रहरी एकाइमा अनिवार्य रूपमा दिने र स्थानीय प्रहरी एकाइले पनि अनिवार्य लिई घरभाडामा बस्ने र छाड्नेहरूको नियमित एवं अद्यावधिक अभिलेख राख्ने बैठकले निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ५ : ०२ बजे