किसानको पैसा नदिने चिनी उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

२०७६ पुष १५, मंगलवार १४:२७

काठमाडौँ— गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले मंगलबार प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो।

सोमबार उद्योग र कृषि मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।

श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन्। उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ। यी उद्योगले दुईदेखि पाँच वर्षसम्मको भुक्तानी नदिएको उखु उत्पादक महासंघ र चिनी उद्योग संघले बताएका छन्।

सम्बन्धित समाचार