९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

भिजिट नेपाल सफल बनाउन एनआरएन र सरकारी प्रतिनिधि वीच न्युयोर्कमा छलफल


Ang

१६ पुस २०७६, बुधबार  

0
Shares

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागी अमेरिकास्थित एनआरएनका प्रतिनिधिहरुले मगलबार न्युयोर्कस्थित नेपाली कन्सुलेटका कार्यवाहक महाबाणिज्यदुत पुष्पराज भट्टराइसग भेटेर आगामी कार्य योजनाको बारेमा छलफल गरेका छन । एनआरएन न्युयोर्क च्याप्टरको संयोजनमा भएको भेटघाटमा एनआरएनएका प्रतिनिधिहरुले महाबाणिज्यदुत भट्टराईसग नेपाल चिनाउनका लागी न्युयोर्कमा कल्चरण कन्फ्रेस गर्ने बारेमा छलफल भएको एनआरएनएका ब्यापार तथा पर्यटन संयोजक आङ जाङबु शेर्पाले बताए ।

उनका अनुसार सरकारसग मिलेर भ्रमण बर्षलाई कसरी प्रभावकारी रुपमा सफल बनाउने बारेमा लामो छलफल भएको थियो । ‘ सरकारी प्रतिनिधिसंग नेपाल भ्रमण वर्षलाई कसरी सफल बनाउने भन्ने बारेमा राम्रो सरसल्लाह भयो अब हामी यसै अनुरुप चाडै पर्यटन प्रर्वर्द्धनका लागी ठोस कार्यक्रम लिएर अघि बडने छौ’ पर्यटन संयोजक शेर्पाले बताए । भेटमा एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, एनआरएन उत्तरपुवि क्षेत्रिय उपाध्याक्ष विर लामा,एनआरएन अमेरिकाका पुर्व बोर्ड अफ डाइरेक्टर निमा गेल्जे शेर्पा, एडविनका अध्यक्ष विष्णुमाया परियार लगायतका उपस्थिति थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ५ : ५१ बजे