९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना



काठमाडौं– बुधबारबाट तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखाको साविक स्थान भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

नेपालमा देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ। बुधबार बिहान ६ बजे महाशाखाले जारी गरेको बुलेटिनमा मौसम बदली सँगै वर्षा/हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बुधबार पहाडी र हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाड तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार पनि देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

मौसम विभागका अनुसार मंगलबार जुम्लामा सबैभन्दा कम जुम्लामा माइनस ४.९ न्यूनतम तापक्रम मापन गरिएको छ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ४४ बजे