काठमाडाैं– प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बुधबार टेलिफोन गरी अंग्रेजी नयाँ वर्षको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आफूले भारतीय समकक्षी मोदीसँग बुधबार टेलिफोन वार्ता गरेको बताएका हुन् ।
कुराकानीमा सन् २०१९ दुई देशबीचको सम्बन्धलाई नयाँ आयाममा पुर्याउन सफल भएको र बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहने विश्वास व्यक्त गरेको ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेको पनि बताएका छन् ।