९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

राष्ट्रिय सभाका उम्मेदवार तय गर्न नेकपा सचिवालय बैठक बस्यो



काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने बताइएको छ।

बिहीबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि सचिवालय बैठक पुन: शुक्रबार बोलाइएको हो।

बिहीबारको बैठकमा सचिवालय सदस्यहरुले आफ्ना–आफ्ना नाम ल्याएपछि उम्मेदवार तय गर्न सकेको थिएन। उम्मेदवारका लागि निश्चित मापदण्ड तय गर्न समेत सचिवालय सदस्यहरुले माग गरेका छन्।

माघ ९ गते १८ सिटका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २० गतेसम्म उमेदवारी दिनुपर्ने कार्यतालिका छ।

नेकपाले प्रदेश २ मा राजपालाई २ सिट दिएर चुनावी तालमेल गरेको छ । नेकपाले अब १६ जना उमेदवारको नाम तय गर्नुपर्ने छ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १० : ३१ बजे