काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग गठनमा केन्द्रित थियो ।
देउवालाई भेट्न दाहाल महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गर्नुपर्ने बारे परामर्श गरेका थिए ।
देउवाले दाहालसँग सरकारले ल्याएका मिडिया काउन्सिललगायतका विवादास्पद विधेयक फिर्ता लिन भनेका थिए ।
बिहान साढे १० बजेतिर देउवा निवास पुगेका अध्यक्ष दाहाल र महासचिव पौडेल करिब आधा घण्टा कुराकानी गरेर फर्किएका थिए ।