१४ आश्विन २०८०, आइतबार | Mon Oct 2 2023

दुई दिन वर्षा र हिमपात, शुक्रबारदेखि माैसम सुधार हुने



काठमाडौं : जम्मु–कस्मीर हुँदै पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय वायुका कारण देशभरको फेरि प्रभावित भएको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। पूर्वी भू-भागमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ। राति देशभर सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान हिमपात हुने सम्भावना रहेको छ।

बिहीबार दिउँसो केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार राति पनि पश्चिमका एक-दुई स्थान साथै मध्य र पूर्वका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

शुक्रबारदेखि मौसम सफा हुँदै जाने छ । देशको मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। शुक्रबार राति देशभर मौसम सफा रहनेछ।

देशका केही स्थानहरूमा वर्षा र हिमपातको कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिन महाशाखाले सचेत गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : ०३ बजे