१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ढकाल र सुवेदी गैरआवासीय राजदूत नियुक्त



काठमाडाैं– राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत गणेश ढकाललाई सिङ्गापुर र अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदीलाई ग्रिसका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा, २८२ अनुसार राष्ट्रपतिले उनीहरूलाई ती मुलुकका लागि गैरआवासीय राजदूतमा बुधबार नियुक्त गरेको हो । राजदूत सुवेदी भिएनास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयका लागि स्थायी नेपाली प्रतिनिधि पनि हुन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  १० : ३१ बजे