आज राति खण्डग्रास चन्द्रग्रहण

२०७६ पुष २५, शुक्रबार १०:२५

काठमाडौँ — शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजेसम्म (चार घण्टा आठ मिनेट) रहनेछ।

यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ ।

ग्रहणको अधिकतम अवस्थामा चन्द्रमालाई एउटा गहिरो छायाले ढाकेको देख्न सकिने छ। पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन्।

पृथ्वी सूर्यको परिक्रमा गर्दै चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीबाट छोपिन्छ र त्यहाँ सूर्यको किरण पुग्न नपाई चन्द्रग्रहण लाग्छ।

सम्बन्धित समाचार