९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

प्रदेश–३ को नाम र राजधानी : नेकपा सचिवालयकै निर्देशन मान्ने संसदीय दलको ‍निर्णय



हेटौडा– नेकपा प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णय गरेको छ । पटक/पटक गरी पाँच दिनसम्म चलेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकमा शुक्रबार सहमति जुटेको हो ।

बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय गरेको हो । सहमतिअनुसार नेकपाले प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता गराउनेछ । नेकपा सचिवालयको निर्देशनअनुसार प्रदेशसभामा स्थायी राजधानी हेटौंडा र नाम वाग्मती दर्ता गराउने छ ।

नामकरणभन्दा पनि स्थानको विषयमा नेकपाभित्र विवाद थियो । बहुमत सदस्य काभ्रेको पक्षमा रहँदा बैठक स्थगित भइरहेको थियो ।

नेकपा सचिवालयले दुईपटक पार्टीको निर्णय अनुसार अगाडि बढ्नका लागि निर्देशन दिएको थियो । प्रदेशसभामा नेकपाको ८० मत छ । ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  २ : ४५ बजे