३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

बालुवाटारबाट भीम रावललाई कसले दियो ज्यान मार्ने धम्की?



काठमाडौ‌ं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएका छन्।

सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जीवनराम भण्डारीसँग कुरा गर्दै रावलले एमसिसी सम्झौताको विरोध गर्दा र राष्ट्र हितको कुरा उठाउँदा बेलायती युवाराज्ञी लेडी डायनाको जस्तो हालत हुने धम्की आएको बताए।

उपप्रधान तथा गृहमन्त्री भइसकेका रावलले सार्वजनिक रूपमा त्यो पनि बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएपछि उनलाई कसले यस्तो धम्की दियो भन्ने कुरामा विभिन्न अड्कलबाजी गरिएको छ।

कुराकानीमा रावलले भनेका छन्-… ‘मैले यो कुरा गर्दा तपाईंले अघि अलिकति छुनु भएको थियो। मलाई मेरो ज्यानको समेत धम्की दिइएको छ। बालुवाटारमा बस्ने व्यक्तिबाट। लेडी डायनाले जसरी ज्यान गुमाउनु पर्‍यो तिमीले पनि ज्यान गुमाउला भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट मलाई धम्की दिइएको छ। यो बिडम्बना हो तर त्यस्तो भन्ने व्यक्तिहरूले के कुरा पनि सम्झनुपर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाजहरू हराएर गएनन् भन्ने कुरा स्मरण गर्नुपर्छ।’

 

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ४ : ३० बजे