७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक एक वर्षपछि पक्राउ



काठमाडौँ — सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रविन सार्की भन्ने रविन रुचाललाई सोमबार चितवनबाट पक्राउ गरेको हो ।

झण्डै एक वर्षअघि माघ ११ गते काठमाडौंको एक सार्वजनिक बसमा वीर्य निकालेर महिलाको कपालमा हालेको अभियोगमा रुचाललाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।

तनहुँ घर भई चितवनमा लुक्दै आएका उनी बानेश्वरमा बसेर रिक्सा चलाउँदै आएका थिए। तीन वर्ष काठमाडौंमा रिक्सा चलाएका उनले एक वर्ष अघि वीर्य महिलाको कपालमा हालेको भिडियो सार्वजनिक गरेका थिए।

चर्को आलोचना र फेसबुकबाटै उनलाई धम्की आएपछि उनी भारतको नयाँ दिल्ली गएका थिए । दिल्लीमा केही महिना म:म पसलमा काम गरेपछि उनी केही महिना कास्मिर पुगेर काम गरेका थिए। कस्मीरपछि फेरि नयाँ दिल्ली गई काम गरेर केही महिनाअघि मात्र चितवन आएका थिए ।

२०७५ मंसिरमा सार्वजनिक लगनखेल–डल्लु रुटमा चल्ने बसमा यात्रा गरिरहेकी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

 

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १ : ०८ बजे