काठमाडौं– गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । सोमबार राति दरबारमार्गमा रहेको आफ्नै रेस्टुरेन्टबाट घर फर्कने क्रममा भट्टराईले चलाएको बा १० च ३०४ नम्बरको कार तीनकुनेमा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको मंगलबार बिहान वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।
गजल गायकीमा पहिचान बनाएका भट्टराईले गाएका ‘कामनाले भरिएको’, ‘माया गर माया गर’, ‘हेर धरती’लगायत गीत लोकप्रिय छन्।