एजेन्सी– पाकिस्तान नियन्त्रित कस्मीरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता पनि भएका छन् ।
पछिल्लो २४ घण्टामा भएका घटनामा परी उनीहरुको मृत्यु तथा बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म कम्तीमा दश जना बेपत्ता भएका विवरणहरु प्राप्त भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि बताइएको छ ।
मृत्यु भएका मध्ये अधिकांशको पाकिस्तान नियन्त्रित काश्मिरमा पर्ने निलम उपत्यकामा रहेका जनाइएको छ । दर्जनौ घर, सवारी साधन र पसल पनि क्षतिग्रस्त भएको हो।
त्यस क्षेत्रमा पछिल्लो समय हिमपात, हिमपहिरोलगायत वर्षासम्वन्धी विभिन्न घटनाहरु भएको छन् । लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थीहरु पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरु मध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अरु घाइते भएका थिए ।
त्यस्तै घटना अन्य ठाउँहरुमा पनि भएका छन् । डाक्कि चाक्नार क्षेत्रमा भएको अर्को घटनामा परी अरु ६ जनाको मृत्यु भएको छ । त्यहाँ घरमै हिमपहिरो खसेको थियो । पहिरोले च्यापिएका अन्य स्थानीयको उद्धार भइरहेको जनाइएको छ ।