८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपालका लागि भारतीय राजदूतमा विनयमोहन



काठमाडौं– भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने भएको छ । भारतीय विदेश मामिलामा ३० वर्षदेखि सेवारत विनयमोहन अहिले फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन्। उनी फेब्रुअरी पहिलो साता काठमाडौं आइपुग्ने बताइएको छ।

डिसेम्बरबाट मञ्जीभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले विनयमोहनलाई नेपाल पठाउन लागेको हो । २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको डिसेम्बरबाट ३ वर्षे कार्यकाल सकिएको थियो ।

नेपालका लागि भारतीय राजदूत सिफारिस भएका उनले यसअघि प्रधानमन्त्री कार्यालयमा सहसचिव तथा विदेश मन्त्रालयको नीति योजना तथा अनुसन्धान विभागका प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै काठमाडौंमा रहेर उनले सन् २००६ देखि २०१० सम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालय निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

भारतीय पक्षले सोमबार नयाँ राजदूतका बारेमा जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतका नयाँ राजदूत क्वात्राको नाम अग्रिमोका लागि हामी कहाँ आइसकेको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ५ : ३४ बजे