९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

प्रहरीमा १४९ इन्सपेक्टर र ५८४ असईको भर्ना खुल्यो



काठमाडाैं– नेपाल प्रहरीले जनपदतर्फ १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई)का लागि भर्ना खोलेको छ।

नेपाल प्रहरीको भर्ना छनौट महाशाखाले बुधबार समावेशी आधारमा इन्सपेक्टर र असई को भर्ना खोलेको हो।

यसमा खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग भएको छ। यी सबै पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले आफ्नो सूचनामा उल्लेख गरेको छ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : ४९ बजे