बालुवाटारमा भेटिएको कुकर बम निष्क्रिय पारियो

२०७६ माघ २, बिहीबार ११:०३

काठमाडौं– नेत्रविक्रम चन्द समूहले बालुवाटारमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको टोलीले बुधबारराति ११ बजे बम निष्कृय पारेको हो ।

विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो । विप्लव समूहले विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो ।

ललिता निवास जग्गा व्यक्तिको नाममा खरिदबिक्री गर्ने काममा संलग्न भएको भन्दै चन्द समूहले शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो । बम विष्फोटबाट नागार्जुन-१ नर्सरीचोकस्थित ढकालको घरको गेट, झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ ।

सम्बन्धित समाचार