९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

प्रधानमन्त्री ओली र दाहालबीच पाँच दिनपछि भेटवार्ता



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

दुवै अध्यक्षबीच बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । नेकपाभित्र सभामुख चयनका विषयमा मतभेद भइरहेका बेला दुई अध्यक्षबीच पाँच दिनपछि बिहीबार भेट भएको हो । गत आइतबारदेखि उनीहरुबीच भेट भएको थिएन ।

प्रधानमन्त्री ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र दाहालले अग्नि सापकोटालाई अघि सार्दै आएका छन् । दुवैले आ–आफ्नो अडान नछाडेपछि यसअघिका छलफलमा निष्कर्ष आउन सकेको थिएन ।

जसका कारण प्रतिनिधि सभा बैठक समेत पटक पटक स्थगित हुँदै आएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि सभामुख आफूले पाउनु पर्ने दाबी गर्दै आएकी छिन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  ३ : ०० बजे