पहिरोले नारायणगढ मुग्लिन सडक एकतर्फी

२०७६ माघ ३, शुक्रबार १०:५१

काठमाडौं– नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षाले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा शुक्रबार बिहान पहिरो खसेको हो ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । वर्षाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

सम्बन्धित समाचार