न्युयोर्क– नेपाली महिला व्यवसायी उर्मी शर्माले न्युयोर्कमा लिबर्टी टेक्स व्यवसाय सुरु गरेकी छिन् । अमेरिकामा लोकप्रिय लिबर्टी टेक्स शर्माले फ्रेन्चाइजको रुपमा खरिद गरी एकाउन्टसम्बन्धी सबै किसिमका सेवाहरु दिने गरी यही वर्ष सो व्यवसाय सुरु गरेकी हुन् । सम्भवतः लिबर्टी टेक्सको पे्रmन्चाइज किनेर टेक्ससम्बन्धी व्यवसाय गर्ने उनी पहिलो नेपाली हुन् ।
शर्माको व्यवसाय न्युयोर्कमा एसियाली समुदायको बाक्लो बस्ती रहेको ज्याक्सनहाइटस्थित सेभेन्टी सेभेन स्ट्रीटको रुजभेल्टमा सञ्चालित छ । अमेरिकामा अध्ययनको सिलसिलामा आइपुगेकी शर्माले युनिभर्सिटी अफ न्युओर्लेन्सबाट सन् २०१६ मा कम्प्युटर साइन्समा ब्याचलर गरेकी थिइन् । कम्प्युटरसम्बन्धी राम्रो अध्ययन गरेकी शर्मा सन् २०१७ मा न्युयोर्क आएदेखि कम्प्युटर सफ्टवेयरसम्बन्धी इन्जिनियरको रुपमा कामै गर्दै आएकी छन् ।
युनिभर्सिटी अफ न्युओर्लेन्समा नेपाली विद्यार्थीहरुको नेतृत्व गर्दै आएकी उनी अध्ययन क्रममा अनलाइन व्यवसायसँगै आप्mनो टेक्स आफैंले भर्ने कामहरु गर्दै आएकी थिइन् । अमेरिकामा आएर अध्ययनपछि व्यवसाय गर्छु भन्ने सोच बोकेकी शर्माले न्युयोर्क आएको एक वर्षपछि अमेरिकाकै चर्चित टेक्स कम्पनी लिबर्टी टेक्ससँग पे्रmन्चाइज किनेर लिबर्टी टेक्स कम्पनी चलाइरहेकी छिन् ।
कम्पनीको फ्रेन्चाइज किनेलगतै १० नेपालीलाई रोजगारी दिएको उनी बताउँछिन् । ‘पेसाले कम्प्युटर सप्mटवेयर इन्जिनियर हुँ तर व्यवसाय गर्ने सोचले लिबर्टी टेक्स कम्पनीबाट सेवा दिन थालेकी छु’ व्यवसायी उर्मी शर्माले एभरेस्ट टाइम्ससँग भनिन्—‘आफूले जानेको र बुझेको व्यवसायमार्फत नेपाली समुदायलाई सहयोग गर्ने लक्ष्य लिएर कम्पनी खोलेकी हुँ ।’ लिबर्टी टेक्स कम्पनी अमेरिकामा जहाँ पनि भएकोले ग्राहकले चाहेका सुविधा पाइरहेकोले पनि लिबर्टी टेक्स कम्पनी रोजेकी उनले प्रस्ट्याइन् ।
‘नेपाली समुदायमा टेक्स फाइल गर्दा दुःख भोग्नु परेकाहरुका लागि सहयोग गर्न हामीले अनुभवी एकाउन्टेन्टहरुमार्फत सेवा दिने योजना बनाएकी छौं’ उनले भनिन्, ‘हाम्रो उद्देश्य भनेको सवैले सोचेको जस्तो सही सेवा र सुविधा पाओस् भन्ने हो ।’
आफ्नो कम्पनीमा नेपाली, भारती, बंगाली, स्पेनिस लगायतका भाषा बोल्ने कामदार रहेकाले सेवाग्राहीलाई सुविधा रहेको शर्माको भनाइ छ ।