९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

भुसाललाई सभामुख उम्मेदवार बनाउने कांग्रेसको तयारी



काठमाडौँ — संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सांसद पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न एक बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।

पार्टी केन्द्रीय सदस्य र संसदीय दलको सचेतक रहेकी भुसाललाई उम्मेदवार बनाउने तय भएको कांग्रेस स्रोतले दाबी छ ।

संसदमा सभामुख निर्वाचनको प्रक्रिया सुरु भएपछि संसदीय दलको बैठक बसेर औपचारिक निर्णय गर्ने तयारी कांग्रेसको छ। वरिष्ठ अधिवक्ता भुसालले यसअघि शिवमाया तुम्बाहाङ्फेसँग उसपभामुखमा प्रतिष्पर्धा गरेकी थिइन।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १२ : ५९ बजे