सभामुखको निर्वाचन माघ १२ गते

२०७६ माघ ६, सोमबार १९:३१

काठमाडौँ — प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ १२ मा हुने भएको छ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ७ गते बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

त्यसैदिन साढे २ बजे उम्मेदवारीको दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने र  माघ १२ गते निर्वाचन गर्ने कार्यतालिकामा उल्लेख छ।

संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ।

सोमबार दिउँसो १ बजे बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजनीनामा दिए पछि ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरको अध्यक्षतामा दोस्रो बैठक ४ बजे बसेको थियो ।

नेकपाले सभामुखका लागि अग्नी सापकोटालाई अगाडि सार्ने निर्णय गरेको छ।

 

सम्बन्धित समाचार