६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बुधनगरमा एकीकृत भन्सार चौकी बन्यो, ओली र मोदीले स्वीच थिचेर उद्घाटन गरे



विराटनगर– बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मंगलबारदेखि सञ्चालनमा आएको छ । नेपाल सरकारलाई भारत सरकारले उक्त चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मंगलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गरेका छन् ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा उक्त चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि सुरु भएको थियो ।

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय एक अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्का पाएका थिए । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट सुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : ३६ बजे