२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

सभामुखमा सापकोटाको मनोनयन दर्ता



काठमाडौँ — नेकपाका सांसद अग्‍नीप्रसाद सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन् । संसद्‌ भवन नयाँ बानेश्वर पुगेर सापकोटाले मंगलबार दिउँसो सभामुखमा उम्मेदवारी दिएका हुन् ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन्। समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मललाल कर्ण छन्।

प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचनका लागि संसद‌ सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आजै साढे २ बजे उम्मेदवारीको दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने र माघ १२ गते निर्वाचन गर्ने कार्यतालिकामा उल्लेख छ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : २० बजे