२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

प्रधानमन्त्रीको संसदमा भने– एमसीसी पास गर्नुपर्नेछ



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्नुपर्ने लगायत धेरै काम बाँकी रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘दुनियाँ तीब्र गतिमा अघि बढेको छ। विकासलगायतले अघि बढेको छ। हामीले तयो गति पक्रिन सकेनौं भने पछि पर्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संसदमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटोलाई बधाइ दिदैँ भने ‘संसदमा थुप्रै काम बाँकी छ त्यो मध्ये एमसीसी पारित पनि गनुपर्नेछ। जसको सम्बन्धमा सविस्तार पछि भन्नेछु।’

‘हामीले लडेर ल्याएको प्रणाली, संविधान अनुसारको कानुन निमार्णमा सरकार कटिवद्ध छ। साना कुरा र अनावश्यक बहसमा अल्झिनु हुँदैन,’ ओलीले भने ‘हिजो हामी लोकतन्त्रको लडाइँमा सँगै थियौं। हाम्रा तरिका बाटा अलि फरक भएपनि गन्तव्य एउटै थियो। त्यसकारण ठूला असहमतिका कारण पनि सहमतिमा थियौं। उपलब्धिको अर्थ र मर्म स्वीर्कायता र संस्थागत गर्ने संविधान र अब समाजलाई अगाडी बढाउने यात्रामा छौं। हाम्रो समाजको चरित्र पनि त्यस्तै छ।’

‘सभामुख सर्वसम्मत निर्वाचित भएकोमा बधाइ छ। यो राम्रो कुरा हो। संविधानको परिपालना र कानुनसम्मत संसदलाई अगाडि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु। मेरो पूर्ण साथ र सहयोग हुनेछ। सकरात्मक भूमिकामा साथ हुने,’ उनले भने ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  २ : १७ बजे