९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

भारतमा बस दुर्घटना : ७ को मृत्यु, ४० जना घाइते



नयाँदिल्ली – भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको थियो ।

म‌ंगलबार राति करिब ३.३० बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४ सय बढी मानिसको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १ : ४८ बजे