९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

साउना गएका दम्पतीको निस्सासिएर मृत्यु



काठमाडाैं– साउना गएका श्रीमान-श्रीमतीको निसास्सिएर मृत्यु भएको छ। ललितपुर-१४ विशालचौकस्थित फिट एण्ड फाइन जिमखानाको साउनामा वाफ लिन गएका श्रीमान-श्रीमतीको बुधबार राति मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा ४० वर्षीय हस्त मगर र ३७ वर्षीया नेत्रकुमारी मगर छन्। परिसर प्रवक्ता एसपी दुर्गा सिंहका अनुसार उनीहरू राति करिब ९ बजे बेहोस अवस्थामा भेटिएका थिए।

जिम सकेर दम्पती साउना बाथ लिन गएको र ढिलोसम्म ढोका नखोलेपछि सञ्चालकले प्रहरीलाई खबर गरेको एसपी सिंहले जानकारी दिइन्। वाफ लिन पसेका दम्पती लामो समयसम्म ननिस्किएपछि ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला परेका थिए ।

उनीहरूलाई तत्काल पाटन अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए। म्याग्दी घर भएका दम्पती पछिल्लो समय ललितपुरमा बस्दै आएका थिए ।

मृतक हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए। जिम स‌ञ्चालकलाई सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  २ : ०० बजे