समाजसेवी स्व प्राशा लक्ष्मी तुलाधरको प्रथम वाषिर्क पुण्यतिथिमा श्रद्धाञ्जलि सभाको आयोजना गरियो । अमेरिकाको न्युयोर्कमा समाजसेवामा लागेर छोटो समयमा सबैको प्यारी बन्न सफल प्राशाको गत वर्ष फोक्सोको समस्याबाट पीडित भई निधन भएको थियो ।
नेपालीहरुको मनमा बस्न सफल समाजसेवी प्राशाको जनबरी २६ मा न्युयोर्कको उडसाइड सुम्निमा रेस्टुरेन्टमा श्रद्धाञ्जलि सभाको आयोजना गरी उहााप्रति श्रद्धाभाव व्यक्त गरियो । प्राशा नेपाल बक्सिङ संघका कोचर प्रकाश तुलाधरीकी छोरी हुन । श्रद्धाञ्जलि सभामा न्युयोर्कका विभिन्न सङ्घसंस्थाहरुका प्रतिनिधिहरु, बुद्धिजीवीहरु, पत्रकारहरु तथा सर्वसाधारणहरुले प्राशाप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो ।