काठमाडाैं– यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी शौरभ शमसेर राणालाई गृहमन्त्रालयले निलम्बन गरेको छ ।
संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।
एसएसपी राणामाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । ती महिलाले प्रहरी मुख्यालय र गृहमन्त्रालयमा उजुरी दिएकी थिइन् ।
राणामाथि संघीय प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालयबाट अनुसन्धान थालिएको थियो । अनुसन्धानपछि राणालाई निलम्बन गरेको गृहमन्त्रालयले जनाएको छ ।