९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

एसएसपी राणालाई पाँच दिनको म्याद



इनरुवा– बलात्कारको आरोप लागेका सङ्घीय प्रहरी इकाइ धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई सोमबार पाँच दिनको म्याद थप गरेको छ ।

सुनसरी प्रहरीसँग आत्मसमर्पण गरेका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई जिल्ला अदालत सुनसरीले पाँच दिनको म्याद थप गरेको हो ।

अनुसन्धानका लागि राणालाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले पाँच दिन म्याद थप गरेको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए ।

म्याद थप गर्नुपूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आआफ्नो तर्क राखेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ३० बजे