न्यूयोर्कमा डा. रुइतले यूवा लक्षित ‘मोटिभेसनल स्पीच’ दिने 

२०७६ माघ २५, शनिबार ०८:२६

न्युयोर्क — आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई न्यूयोर्कमा सुन्न पाउँने भएका छन् । भ्वाईस् फर यूथ नामको संस्थाले विशेष नेपाली युवाहरुलाई लक्षित गरी डा. रुईतको ‘मोटिभेसनल स्पीच’ आयोजना गरेको छ ।

आयोजक संस्थाका कोफाउन्डर एवं कार्यक्रम निर्देशक छिरिङ लामाले दिएको जानकारी अनुसार अागामी फेव्रुअरी १५ शनिबार दिउँसो ३ बजे देखि ६ बजे सम्म न्युयोर्कको क्विन्स् स्थित पिएस ११ स्कूलको अडिटरियममा उक्त कार्यक्रम हुने तय भएको छ। कार्यक्रम नेपाली विद्यार्थी र युवाहरुलाई लक्षित गरिएको भए पनि ईच्छुक सबैको लागि समेत उत्तिकै प्रभावकारी हुने आयोजकले जनाएको छ ।कार्यकम युवाहरुका व्यक्तित्व विकास र करियर निर्माणका लागि सहयोगी हुने पनि आयोजकले बताएको छ ।

यो कार्यक्रममा प्रति ब्यक्ती १० डलर मात्र शूल्क तिरेर सहभागी हुन पाउँने र उठ्ने सबै रकम डा. रुइतको परोपकारी संस्था ‘हिमालयन क्याटर्‍‍‍याक्ट प्रोजक्ट’ लाई उपलब्ध गराइने आयोजकले जनाएको छ ।

भ्वाईस् फर यूथले बिगतमा पनि यूवा लक्षित निशूल्क/सशूल्क बिभिन्न कार्यक्रमहरु गरेको छ । डा. रुईतको स्पीच यसले आयोजना गरेको तेस्रो संस्करण हो ।

सम्बन्धित समाचार