काठमाडौँ — आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा निधन भएको छ । उनको सानेपास्थित स्टार अस्पतालमा मृत्यु भएको हो ।
ललितपुर उपमहानगरपालिका-२ सानेपास्थित घरको भान्छा कोठामा गम्भीर अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।
यस्तै कार्कीको घरमा काम गर्ने दाङ स्थायी घर भएका अन्दाजी २२-२३ वर्षका विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
सोमबार बिहान घरबाहिर रहेका कार्कीले फर्किँदा श्रीमतीलाई रगत लतपतिएको अवस्थामा र कामदारलाई मृत फेला पारेका थिए । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ ।