जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा बस्ने करिब ३८ वर्षीया महिलालाई सोमबार ४ जना युवक मिलेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कार गर्नेहरुमध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जिप्रका धनुषाले जनाएको छ ।
बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले बताए । फरार रहेका २ जनाको खोजी कार्य तिव्ररुपमा भइरहेको प्रहरी निरिक्षक झाले जानकारी दिए ।