पूर्व सांसद तथा का‌ंग्रेस गुल्मीका प्रथम सभापति ज्ञवालीको निधन

२०७६ फाल्गुन ६, मंगलवार १४:०३

काठमाडौँ– नेपाली कांग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको निधन भएको छ । उनी विगत केही समयदेखि अल्सरबाट पीडित थिए । पूर्वसांसद समेत रहेका उनको उपचारका क्रममा मंगलबार बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।

विसं २००१ कात्तिक १ गते गुल्मीमा जन्मिएका उनी २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

नेपाली का‌ंग्रेसले गुल्मीका अग्रज, निष्ठावान् एवम् अभिभाव ज्ञवालीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा महत्वपूर्ण क्षति पुगेको जनाएको छ ।

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै ज्ञवालीको निधनले आफूलाई दुःखित र स्तब्ध बनाएको जनाएका छन् ।

सम्बन्धित समाचार