काठमाडौँ– त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थलमा रोबोटको सेवा सुरु भएको छ । पर्यटन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा त्रिभुवन विमानस्थलको आगमन र प्रस्थान कक्षमा रोबोट सञ्चालनमा आएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबारबाट त्रिभुवन विमानस्थलमा एक कार्यक्रमकाबीच ‘पर्यटन परी’ नामको रोबोटबाट औपचरिक रुपमा सेवा सुरुआत गरेका हुन् ।
प्रति रोबोट २० लाख रुपैयाँमा निर्माण गरिएको पर्यटन परी रोबोटले बिहीबारदेखि सेवा दिन थालेको छ । रोबोटले यात्रुलाई अभिवादन गर्नुका साथै पर्यटकहरुलाई त्यहाँको बारेमा जानकारी दिने छ ।
रोबोटमा सेट गरिए अनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गरिएको छ । रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना दिने छ ।
कार्यक्रम रोबोटबाटै सञ्चालन गरिएको थियो । रोबोट सञ्चालनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक हुँदै गएको बताए । सुरुमा परीक्षणका लागि दुई वटा राखिएको छ यसको प्रभावकारित देखिए थप गर्दै जान सकिने उनले बताए ।
मन्त्री भट्टाराईले यात्रुलाई सेवा दिन उपयुक्त देखिए अन्य विमानस्थलमा पनि राखिने बताए । विमानस्थलमा दुई/तीन घण्टा बिताउँदा हुने ‘मोनोटोनस’ हटाउन र यात्रुलाई भूल्ने वातावरण रोबोटले बनाउने उनको भनाई थियो । ‘नेपाल प्रविधिक रुपमा पनि फड्को मार्दै छ भन्ने सन्देश जाने छ । यसले नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्ने विषयमा थप सहयोग गर्ने छ,’ उनले भने, ‘अन्तराष्ट्रिस्तरको विमानस्थलका रुपमा विकास हुँदै गएको सन्देश यसबाट हुने छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सान बढाएको छ ।’