२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २२ सय बढी



बेइजिङ (एजेन्सी)– कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यो भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या वृद्धि भए पनि सङ्क्रमितको सङ्ख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ ।

शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुग्नुको साथै ७५ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन् ।

भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १२ : १० बजे