७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

उपचार खर्च अभावमा छटपटाइरहेकी अग्‍निपीडितलाई सांसद शेर्पाको सहयोग



काठमाडौं । वाग्मती प्रदेशका सांसद आङदेन्डी लामा शेर्पाले उपचार खर्च अभावमा भौंतारिरहेकी अग्‍निपीडित छिमा लामा शेर्पालाई सहयोग गरेका छन् ।

केही महिनाअगाडि अचानक आगोमा परेकी सोलुखुम्बु, सोलु दूधकुण्ड नगरपालिका २ मपोङका छिमालाई प्रदेश सांसद शेर्पाले १ लाख २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । छिमाको आगोले जलेर बायाँ खुट्टा गुमेको छ ।

काठमाडौंका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सम्भव नभएपछि उनले खुट्टा गुमाउनु परेको हो । छिमा यति ठूलो आपदमा श्रीमान् कुङ्गा शेर्पाले नाबालक छोरी र आफूलाई छोडेर सम्पर्कविहीन भएको गुनासो गर्छिन् । घरको आर्थिक अवस्था निकै कमजोर छ उनको ।

श्रीमान् सम्पर्कविहीनपछि छोरी लालनपालनको समेत जिम्मा आफ्नो काँधमा आएको बताउने छिमालाई श्यामा शेर्पा किदुक दोलखा काठमाडौंका महासचिव आङ पासाङ शेर्पा (कर्साङ) ले पनि ५००० रुपैयाँ संयुक्त रूपमा यही फागुन ३ गते सहयोग गरेका थिए ।

सांसद शेर्पासहितकाले दिएको सहयोगले छिमालाई केही राहत भएको छ । तर पनि जीवन चलाउन अझै मुस्किल रहेको उनी सुनाउँछिन् । त्यसकारण यदि तपाईं पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने पीडित छिमा लामा शेर्पालाई सिधै सम्पर्क गर्न सक्नुहुने छ ।

सहयोग गर्न चाहनुहुने मनहरुका लागि
पीडित छिमा लामा शेर्पा- 9745153790
पीडितको दाजु ङावङ ग्यल्जे लामा- 9860787066

 

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ७ : २२ बजे