५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

नेपाली कांग्रेसको पत्रले विदेशस्थित जन सम्पर्क समितिको अधिबेसन अन्यौलमा


Ang

१० फाल्गुन २०७६, शनिबार  

0
Shares

नेपाली काग्रेसले विदेशमा रहेका नेपाली जनसम्पर्क समितिहरुलाई अधिबेसन अगावै क्रियासिल सदस्यता वितरण र नविकरण गरि सिघ्र आवेदान पठाउन पत्रचार गरेको छ । महामन्री पूर्णबहादुर खड्काद्धारा हस्तक्षरित पत्रमा विदेशमा रहेका जनसम्पर्क समितिहरुले सम्पुर्ण प्रक्रिया पुरा गरि क्रियासिल सदस्यता नविकरण र नया फारामहरुका साथ समितिको आधिकारिक पत्र र बैठकको निर्णयको प्रतिलिपि समेत माग गरेको छ ।

‘ पाटीले आगामी अधिबेसनको सन्र्दभमा पठाएको यो पत्रले विधान अनुसार क्रियासिल सदस्यता दिलाउनु भनेपनि जन सम्पर्क समितिको सदस्यता दिने कुरामा रोकेको छैन ’ जन सम्पर्क समितिको पुर्व संयोजक तथा बरिष्ठ कानुन व्यवसायी खगेन्द्र क्षेत्रीले भने—‘ पत्रले नेपाली कांग्रेस पाटीको क्रियासिल सदस्यको बारेमा लेखेपनि जन सम्पर्क समितिको सदस्यता बन्न , अधिबेसन गर्नका लागी र स्थानीय च्याप्टरको बारेमा कही पनि लेखेको छैन ’ ।

अमेरिकी भुमीमा कानुनी रुपमा दर्ता भएको जन सम्पर्क समितिमा सदस्य हुन चाहने जो कोही सदस्यता हुन पाउने भएकोले पाटीले सदस्य हुनबाट रोक्न नमिल्ने क्षेत्रीले बताए । लामो समयदेखिन हुन नसकेको समितिको अधिबेसन समयमा हुनु पथ्र्यो तर ढिलै भएपनि अब हुने भनिएको अधिबेसनमा पाटीले चाडै क्रियासिल सदस्य मात्र बनाएर पठाउनु भनेर निर्देशन दिनु उपयुक्त नभएको पुर्व संयोजक क्षेत्रीले बताए ।

नेपाली कांग्रेसको विधानमा क्रियाशिल सदस्य हुनका लागि नेपाली नागरिकता अनिवार्य हुन पर्ने छ । विधान अनुसार अब अमेरिकामा यस अघि लिएका लिएका क्रियासिल सदस्यताहरुमा आधा जतिले अमेरिकी नागरिकता लिइसकेकोले कम मात्र क्रियासिल सदस्यताले नविकरण हुने देखिन्छ ।

‘ यो पत्रले जन सम्पर्क समितिले सदस्यता बाडने की नबाडने भनेर अन्यौलमा परेको छ ’ जन सम्पर्क समितिको सभापति आनन्दा विष्टले भने—‘ नेपाली कांग्रेसको सदस्यताको बारेमा पाटीले क्रियासिल बनाउनु पर्छ भनेर बोलेपनि जन सम्पर्क समितिका सदस्यताको बारेमा केही बोलेको छैन’ । विदेशमा भएको जनशक्तिलाई नेपाली कांग्रेस पाटीसग कसरी आर्कषित गर्ने भनेर हामी माध्याम उपायको लागी पाटीसंग बारम्बार सम्पर्क गरिरहेकाको यो अवस्थामा उचित निर्णयको आशा गरिरहेको सभापति विष्टले बताए । ५ बर्षदेखिन हुन नसकेको अमेरिकास्थित जन सम्पर्क समितिको अधिबेसन आगामी अप्रिल ११ र १२ तारिख गर्ने भनी कार्यसमितिले निर्णय गरेपनि यो पत्रले अब अधिबेसन कहिले हुने भनेर थप अन्यौल बनाएको उनले बताए ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ६ : ४८ बजे