काश्मीर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

२०७६ फाल्गुन ११, आईतवार १२:५६

नयाँ दिल्ली (एजेन्सी)– भारतको नियन्त्रणमा रहेको काश्मीरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

भिरबाट खोंचमा झरेको बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

काश्मीरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटना भएको हो । घाइते तथा मृत्यु भएका मध्ये केही महिला र बालबालिका रहेका छन् ।

दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तिव्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ ।

सम्बन्धित समाचार