न्युयोर्क– बौद्धमार्गी समुदाय अन्तरगत शेर्पा समुदायको महान चाड २१४७ औ चिवा ग्याल्बो ल्होसार आगमानको पहिलो दिन न्युयोर्कमा ज्याक्सनहाइटमा धार्मिक तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
विभिन्न व्यक्ति सम्मिलित आयोजक समितिको पहलमा शेर्पा किदुगको आफ्नै गुम्बा परिसरमा कार्यक्रम आयोजना गरिएको थियो । बिहानीपख धार्मिक पूजापाठसँगै दिउँसो धार्मिक नृत्य र शेर्पा लोकनृत्य गरि ल्होसार मनाएको थियो । कार्यक्रममा सहाभागीहरुले गुम्बाको दर्शन गरि लामा गुरुबाट आर्शिवाद लिएका थिए ।
किदुगले विगत झै यस पटक पनि सबैको सुविधाको लागी गुम्बा आसपासको बाटोहरु बन्द गरि ल्होसार मनाएका थिए । विहानी पूजा कार्यक्रममा धर्म गुरु लामा टुल्कु, डा युला शेर्पा, आचार्य ङवाङ सांगे र लोपेन गिर्मि छोढक लगायत लामागुरुहरुको उपस्थिति थिए । यस पटक पनि ल्हाप्सो कार्यक्रममा गदै आएको सिंगे नृत्य, धार्मिक दोजिठालु नृत्य प्रस्तुत गरेका थिए ।
धार्मिक नृत्यपछि सहाभागी शेर्पाहरु हात गासेर शेर्पा लोक नृत्य सेबु्र नाचेर हर्षोल्लासका साथ रमाएका थिए ।
कार्यक्रममा नेपाली कन्सुलेटका महाबाणिज्यदूत पुष्पराज भट्टराई र बाणिज्यदूत कृष्ण अधिकारी लगायतका अतिथि उपस्थित थिए । कार्यक्रममा किदुगले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
ल्होसार कार्यक्रमको भिडियो सहित