२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

वामदेवलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय



काठमाडौँ — नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भएको छ । बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाइएको भनिए पनि त्यो क्रियाशील नहुने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।

पार्टीबाट छानिएका गौतमलाई सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेपछि उनी राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट ३ जना मनोनीत हुने व्यवस्था छ । राष्ट्रपतिबाट मनोनीत भएका युवराज खतिवडाको कार्यकालयही फागुन २० गतेदेखि सकिन लागेकोले गौतमलाई राष्ट्रिय सभामा पठाउन लागिएको हो ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएकोमा अर्थमन्‍त्री रहेका खतिवडालेदुई वर्ष अवधि पाएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  २ : ३६ बजे