३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

शेर्पा संघद्धारा न्युयोर्कमा ‘ग्याल्बो’ ल्होसार शुभकामना आदानप्रदान


Ang

१९ फाल्गुन २०७६, सोमबार  

0
Shares


शेर्पा समुदायको महान चाड ग्याल्बो ल्होसारको अवसर पारेर शेर्पा संघ अमेरिकाले न्युयोर्कस्थित विभिन्न नेपाली समुदायको प्रतिनिधिहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । अमेरिकामा पहिलो पटक शेर्पा संघ अमेरिकाले ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । परम्परागत मौलिक सास्कृति अनुरुप आयोजित कार्यक्रममा शेर्पा संघका पदाधिकारीहरुले अतिथिहरुलाई हलमा प्रवेशसंगै खादा लगाइदिएर छिमार, डयासिल, छयाङग्युर र खाप्साले स्वागत गरेका थिए ।

कार्यक्रम धार्मिक परम्परा अनुसार अवतारी लामा टुल्कुद्धारा दिपप्रज्वलन गरि विश्व शान्ति पुजा र मन्त्र उच्चारणको साथ उदघाटन गरेका थिए । शेर्पा संघ अमेरिकाको अध्यक्ष निमा शेर्पाको सभापतित्वमा भएको कार्यक्रम नेपाली कन्सुलेटका बाणिज्यदुत गणेशप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा धर्म गुरु लामा टुल्कु रिम्पोचे, सोलुखुम्बु जिल्लाका पुर्व सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पा, आदीबासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, काउन्सीलम्यान कोष्टाटेनटिनिदेस, लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङ दावा शेर्पा र अतिथिहरु नेपाली कांग्रेसका आमान्त्रित केन्द्रिय सदस्य तथा जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, आदीवासी जनजाती महासंघ फिफनाका पुर्व अध्यक्ष तथा एलमष्ट अस्पताल एडभाइजरि बोर्ड सदस्य लुइसाङ वाइवा, शेर्पा किदुगका प्रवक्ता फारादेण्डी शेर्पा, तामाङ समाजका अध्यक्ष सानुमाया तामाङ, तमु परिवारका अध्यक्ष मनिता गुरुङ, युनाइटेड किरात एसोसियसनका अध्यक्ष केशवराम राई, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, एलमष्ट अस्पताल एडभाइजरि बोर्डका सदस्य यादव बास्तोला, एनआरएन एनसिसि पर्यटन तथा व्यापार प्रर्वद्धन समितिका संयोजक आङ जाङबु शेर्पा, एनआरएनए आइसिसिका मनोनित सदस्य प्रमोद सिटौला, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व एवं एभरेष्ट टाइम्सका प्रधान सम्पादक अध्यक्ष आङछिरिङ शेर्पा, एनआरएन अमेरिका पुर्व बोर्ड अफ डाइरेक्टर आङ निमा गेल्जेन शेर्पा लगायतका विभिन्न सस्थाका प्रतिनिधिहरुले शेर्पा समुदायले परापुर्वदेखिन मनाउदै आएको ग्याल्बो ल्होसारको शुभकामना दिएका थिए । कार्यक्रममा संघका अध्यक्ष निमा शेर्पा र उपाध्याक्ष मिङमा शेर्पा लगायत शेर्पा संघ अमेरिकालाई न्युयोर्कसिटिबाट सम्मान गरिएको थियो ।

उक्त अवसरमा श्यामा किदुग दोलाखाका कलाकारहरुले शेर्पा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । संघका महासचिव फुर्वा शेर्पाले अतिथिहरुलाई स्वागत मन्तब्य दिएका थिए भने बरिष्ठ उपाध्याक्ष ल्हाक्पा देण्डी शेर्पाले कार्यक्रममा सफल बनाउनेमा सहयोग पुर्‍याउनेहरु र उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संघका सचिव डोमा शेर्पाले सञ्चालन गरेकी थिए ।

तस्विरहरु पासाङ निमा शेर्पा

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ३ : १८ बजे