६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

अमेरिकामा कामदार भिसा खुला, अनलाइनमार्फत फारम भर्न सकिने



काठमाडाैं– उच्च शिक्षा प्राप्त गरेका ‘एचवान बी’ कामदारका लागि अमेरिका रोजगारदाताले भिसा खुलाएको छ। अमेरिकी रोजगारदाताले क्षमतावान् उच्च शिक्षा प्राप्त कामदारको लागि पहिलोपटक अनलाइनमार्फत रजिस्ट्रेसन दिन लागेको हो ।

नेपाली कामदार भिसामार्फत अमेरिका जानका लागि ‘एचवान बी’ले मार्च १ बाट नै आवेदन खुलाइएको छ । युएससीआईएसको सूचनाअनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखको दिन दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।

युएससीआईएसले आर्थिक वर्ष २०२१ का लागि आवेदन खुलाइएको उल्लेख गरेको छ । यसका लागि आवेदन निर्धारित समयसम्मका विश्वको जुनसुकै स्थानबाट भर्न सकिनेछ ।

अनलाइन फारमको लागि १० डलर लाग्नेछ भने फारम भरेपछि आवेदकले युएससीआइएसले ‘कन्फर्मेसन कोड’ पठाउने छ । यसको लागि आवेदकहरूले यही मार्च ३१ मा नै छनोट भएको वा नभएको यकिन नतिजा हेर्न पाउनेछन् ।

यस्तै, नतिजा सार्वजनिक भएपश्चात् छनोट भएका आवेदकहरूले एचवानबी भिसा प्रक्रिया अगाडि बढाउने सक्नेछन् । साथै, तोकिएको सबै प्रक्रिया पूरा गरेको खण्डमा अमेरिकाले भिसा दिने उल्लेख गरेको छ ।

थप जानकारीका क्लिक गर्नुहाेला : 

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : २० बजे