१४ आश्विन २०८०, आइतबार | Mon Oct 2 2023

मिर्गौला प्रत्यारोपनका लागि प्रम ओली अस्पताल भर्ना



 

काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि आज साँझ ६:१५ बजे प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रा. डा. दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ ।

प्रत्यारोपणपूर्व उनको आजै रगत, दिसापिसाबलगायत जाँच हुने डा. ज्ञवालीले जानकारी दिए । “प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’मा राखिनेछ”, उनले भने । उनको मुटुको एञ्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ४६ बजे