काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले होलीलगायतका कार्यक्रमहरु नगर्न त्यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको छ ।
विश्वभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएको अवस्थामा सतर्कता अपनाउँदै प्रशासन कार्यालयले उक्त अनुरोध गरेको हो ।
कार्यालयद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व, (होलीलगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध छ ।’
नेपाल सरकारले यसअघि नै कोरोनाको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको छ ।