१४ आश्विन २०८०, आइतबार | Mon Oct 2 2023

प्रवासी मञ्चले गठन गर्‌यो ४३ सदस्यीय प्रारम्भिक कमिटि


Ang

२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

ज्याक्सन हाइट– प्रवासी नेपाली एकता मञ्चले ४ सदस्यीय पदाधिकारी सहित ४३ सदस्यीय प्रारम्भिक कमिटी विस्तार गरेको छ । आइतबार ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी मञ्चले संयोजकमा टेक गुरुङ, महासचिवमा शंकर पन्त र प्रवक्तामा कमल ओझा र कोषध्याक्षमा  युवराज खनाल सहितको ४३ सदस्यीय कमिटी गठन गरेको जानकारी दिएको छ ।

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको कानून अनुसार ५०१ सी अन्तर्गत दर्ता भई स्वतन्त्र सामाजिक संस्था रहेको र नेकपाको भातृसंस्थाको रुपमा नरहेको संयोजक टेक गुरुङले आयोजित पत्रकार सम्मेलनमा बताएको छ । ‘पूर्व नेकपा एमाले पार्टीको भातृ संस्थाको रुपमा रहेको पूर्व प्रवासी नेपाली मञ्चभित्र चित्त नबुझेर वा असन्तुष्ट भएर मञ्च गठन गरेको होइन, प्रवासी नेपाली एकता मञ्च स्वतन्त्र सामाजिक संस्था हो, यो अमेरिकाको विधी र कानून अनुसार चल्नेछ’ गुरुङले बताए ।


मञ्चले बैठक बसेर कमिटी भन्दा बाहिर रहेका पूर्व प्रवासी मञ्च तथ पूर्व जनप्रगतिशिल मञ्चका सम्पूर्ण इच्छुक साथीहरुलाई कुनै पूर्वाग्रह बिना सम्मानपूर्वक समावेश गरी एकता मञ्चको आयोजक कमिटीको रुपमा पूर्णता दिने जानकारी समेत दिएको छ । साथै मञ्चले सकेसम्म चाँडो साधारणसभा अधिवेसनको मिति तोकेर र कार्ययोजना तथा जिम्मेवारी बाँडफाँड गर्ने बताएको छ ।

समितिका महासचिव शंकर पन्तले नेकपा पार्टीसंग मञ्चको कुनै सम्बन्ध नरहेको स्पष्ट गर्दै मञ्च विशुद्ध सामाजिक संस्था रहेको दावी गरे । सदस्यहरुमा न्यूयोर्कबाट राधाकृष्ण देउजा, लक्यान लामा, सीता खरेल, डा. प्रकाश श्रेष्ठ शेषराज खतिवडा, सोमेन्द्र रञ्जित, बनिता कतिला, कृष्ण आचार्य, पेम्बा शेर्पा, फुरी शेर्पा रहेका छन् ।

त्यस्तै, टेक्सासबाट भीम कार्की, प्रदिप तिमिल्सिना, दिपक पाण्डे, चेतनाथ भटटराई, शुशिल क्षेत्री, चन्द्रमणि पाण्डे, सरीता चौंलागाई, भुवन अधिकारी र उद्धव खनाल छन् भने, न्यूहृयाम्सायरबाट रोशन गुरुङ, टंक कुावर र  सि.एनस घिमिरे जर्जिया रहेको छन ।

त्यस्तै भरत उप्रेती केन्टकी, दिपक गौतम आयोवा, सुन्दर घिमिरे र सरस्वती मुखिया इल्लोनोइ, बुद्ध लामा म्यासाचुसेट्स, दिल माया विक क्यालिफोर्निया, शान्तिदेवी राई नर्थ क्यारोलिना, निर प्रसाद गुरुङ र डम्बर गुरुङ मिनिसोटा, जुनु घले नेवाडा, सुरेन्ऽ पोखरेल केन्सास, मिीनाखतिवडा फ्लोरिडा लगायत राज्यबाट सदस्यहरु चयन गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  २ : ०३ बजे